यो वर्ष धेरै चिसो नहुने
प्रकाशित मिति
२०८१ पुष ५ गते, शुक्रबार १२:१०

पुष ५, २०८१ काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान गरेको छ । मौसमविद् सञ्जिव अधिकारीले तीन महिनाको हावापानीबारे जानकारी दिनुहुँदै यो वर्ष अघिल्लो वर्षभन्दा धेरै चिसो नहुने पूर्वानुमान गरिएको बताएका हुन् ।
मौसमविद् अधिकारीले भने, “यो हिउँदमा सरदरभन्दा चिसो कम हुने अनुमान गरिएको छ । तीन महिनाको समग्र हावापानीको कुरा गर्नुपर्दा औसतभन्दा अलिकति कम चिसो हुने पूर्वानुमान छ ।”
बुधबार जुम्लाको तापक्रम माइनस ५ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौं उपत्यकामा पुस ४ गतेसम्म न्युनतम तापक्रम दुई डिग्री सेल्सियसम्म मात्र पुगेको छ । बिहीबार बिहान लुम्बिनी, मधेश र कोशीमा हुस्सु लागेको अवस्था थियो । तर, दिउँसो हुस्सु तथा कुहिरो हटेर दैनिकी सहज बनेको छ ।
उनले आगामी तीन दिनमा ठूलो मौसमी परिवर्तन हुने सम्भावना नदेखिएको बताए । शुक्रबार छिटफुट हिमपातको सम्भावना रहेपनि मौसममा ठूलो किसिमको परिवर्तन नहुने उनको भनाइ छ ।
उनका अनुसार हिउँदयाममा धेरै हिउँ पर्नुपर्ने भए पनि यो वर्ष पश्चिमी वायुको प्रभाव बढी हुँदा चिसो कम हुने देखिएको हो ।
प्रतिकृया