• 11:27 am

गणपूरक नपुगेपछि अर्थ समितिको बैठक स्थगित

प्रकाशित मिति

२०८१ पुष १ गते, सोमबार ०१:१७

पुष १, २०८१ काठमाडौँ: गणपूरक संख्या नपुगेपछि अर्थ समिति बैठक स्थगित भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा १२ जना सांसदको उपस्थितिमा हुनुपर्नेमा ८ जना मात्रै सांसद उपस्थिति भएका हुन् ।

गणपूरक संख्या नपुगि बैठक सञ्चालन गरेको भन्दै नेकपा (माओवादी केन्द्र) की सांसद गंगा कार्कीले विरोध जनाइन् । उनले सत्तापक्षका सांसदहरू नै बैठकमा उपस्थिति नहुनु राम्रो नभएको र कोरम नपुगि बैठक बस्न नमिल्ने भन्दै विरोध जनाएसँगै समिति सभापति सन्तोष चालिसेले बैठक स्थगित गरे ।

प्रतिकृया