• 3:08 pm

नेपाली सेनामा भर्ना खुल्यो, पण्डितदेखि नर्ससम्मलाई अवसर

प्रकाशित मिति

२०८१ मंसिर २८ गते, शुक्रबार ०८:४९

मंसिर २८, २०८१ काठमाडौँ: नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ । नेपाली सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरुका लागि भर्ना खुलाएको हो ।

भर्ना छनौट निर्देशनालयले आज जारी गरेको सूचनाअनुसार नर्स, सिभिल, मेकानिक्स, पण्डित, भेटेरीनरी, भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुलेको छ ।

दरखास्त दिने म्याद आज मंसिर २८ गतेदेखि पुस २७ गतेसम्म छ । केन्द्रीय भर्ना छनोट निर्देशनालय स्वयम्भूमा दरखास्त बुझाउन सकिने छ ।

प्रतिकृया