• 4:05 pm

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

प्रकाशित मिति

२०८१ मंसिर २७ गते, बिहीबार ०९:४५

मंसिर २७, २०८१ काठमाडौँ: नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने भएको छ ।

आजको बैठकमा आसन्न केन्द्रिय समितिको बैठकको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसमायिक राजनीतिबारे छलफल हुँदैछ । माओवादी केन्द्रको पुस ३ गते केन्द्रीय समितिको बैठक बस्दै छ ।

प्रतिकृया