• 6:55 am

एनपीएलमा आज दुई खेल हुदै

प्रकाशित मिति

२०८१ मंसिर २७ गते, बिहीबार ०८:५६

मंसिर २७, २०८१ काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदै छन् ।

आज पहिलो खेल पोखरा एभेन्जर्स र बिराटनगर किंग्सबीच खेल हुदै छ । यो खेल विहान ९: १५ बजेदेखि शुरु हुदै छ ।

दुवै फ्रेन्चाइजीले ४-४ खेलमा एक एक खेल जितेका छन् भने ३-३ खेलमा हार बेहोरेका छन् । दुवैका लागि प्लेअफको दौडमा पुग्न यो खेल जित्नै पर्ने अवस्थामा रहेका छन् ।

त्यस्तै आजको दोस्रो खेल जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबीच हुदै छ । यो खेल अपराहन्न १: १५ बजेदेखि शुरु हुदै छ ।

प्रतियोगितामा जनकपुरले ५ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने काठमाडौँको ४ खेलमा ४ अंक रहेको छ र पाँचौं स्थानमा रहेको छ ।

प्रतिकृया