एनपीएल : काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित
प्रकाशित मिति
२०८१ मंसिर २६ गते, बुधबार ०५:४२
मंसिर २६, २०८१ काठमाडौँ: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा बुधवारको दोस्रो खेलमा काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित भएको छ । काठमाडौंले दिएको एकसय ४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा अलआउट भएको हो । लुम्बिनीले सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सफल भएको छ ।
टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका थिए । लिग चरणमा कर्णाली याक्ससँग खेल्न बाँकी लुम्बिनीले चितवन राइनोजलाई ३३ ले मात्रै हराउन सक्यो । बाँकी खेलमा हार बेहोरेको लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो ।
यता, काठमाडौंले भने दोस्रो जित हासिल गरेको छ । काठमाडौंले यसअघि कर्णाली याक्सलाई तीन विकेटले पराजित गरेको थियो ।
Recent News
- शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले नयाँ भवन बनाउन जग्गा प्राप्त गर्नको लागि गरेका कार्यहरु
- अल नासरमा सम्झौता नवीकरण गर्दै रोनाल्डो
- तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः विश्व स्वास्थ्य सङ्गठन
- सरकार ढल्ने निराधार हल्ला भ्रम मात्रै हो : प्रधानमन्त्री ओली
- चार सय किलोबढी रक्तचन्दन सहित दुई जना पक्राउ
- विपक्षी दलको साझा धारणा बनाउने जिम्मा वर्षमान र वेदुरामलाई
- एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
- सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
- सिंहदरबारमा विपक्षी दलको बैठक- तत्काल संसद बोलाउन दबाब दिने निर्णय
- भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिऔँ : उपप्रमुख डंगोल
प्रतिकृया