रौतहटमा स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु
प्रकाशित मिति
२०८१ मंसिर २५ गते, मंगलवार १०:२०
मंसिर २५, २०८१ काठमाडौँ: रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बा१६च ३१६२ नं.को स्कारपियो पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका–४ धन्सार पुल नजिकैको दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेहरूमा सिराहाको अर्नमा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा सोही ठाउँकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवी महरा, ६२ वर्षीया फुलमन्तिदेवी चमार, ६० वर्षीया रामकुमारीदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र सोही गाउँपालिका–५ बलुवाटोलका ४० वर्षीय स्कारपियो चालक श्रीकुमार यादव रहेका छन् ।
सोही दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। उनीहरूको हाइवे ट्रम्मा अस्पताल र वीरगञ्जको बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया