• 3:38 pm

रवि लामिछानेमाथि सरकारले अलोकतान्त्रिक र निरंकुश व्यवहार गर्‍यो : प्रचण्ड

प्रकाशित मिति

२०८१ मंसिर २४ गते, सोमबार ०४:४९

मंसिर २४, २०८१ काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सरकारले निरंकुश र अलोकतान्त्रिक व्यवहार गरेको बताएका छन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै लामिछानेमाथि सरकारले निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै त्यसको निन्दा गरेका छन् ।

रवि लामिछानेमाथि भइरहेको त्यसप्रकारको व्यवहार रोक्न प्रचण्डले गम्भीर आग्रह समेत गरेका छन् । अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित लामिछानेमाथि सरकारले अलोकतान्त्रिक व्यवहार गरेको उनको टिप्पणी छ ।

‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु’, प्रचण्डले लेखेका छन् ।

प्रतिकृया