• 3:19 pm

आज पनि नेप्सेमा गिरावट, कारोबार रकम पनि खस्कियो

प्रकाशित मिति

२०८१ मंसिर २४ गते, सोमबार ०३:३७

मंसिर २४, २०८१ काठमाडौँ: साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । आईतबार उच्च अंकले घटेको बजारले सोमबार पनि निरन्तरता पाएको हो । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से आज अन्तिम समयमा १२.८४ अंकले घट्दै २६ सय ७६ को विन्दुमा झरेर रोकिएको हो ।

आज कारोबार अवधिभर कुल ३ सय १७ कम्पनीका १ करोड १५ लाख २३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार ८ सय २२ रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएकामध्ये वित्त, लगानी, उत्पादनमुलक, म्युचुअल फण्ड र अतिरिक्तबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज १ सय ३८ कम्पनीको सेयरमूल्य घट्दा ९२ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमुल्यमा नकारात्मक सर्किट लागेको छ

प्रतिकृया