• 3:47 pm

सिरियाका राष्ट्रपति बशर रुसको शरणमा

प्रकाशित मिति

२०८१ मंसिर २४ गते, सोमबार ०८:०७

मंसिर २४, २०८१ काठमाडौँ: सिरियामा विद्रोहीले कब्जा गरेपछि देशबाट भागेका राष्ट्रपति बशर अल असादले रुसमा शरण लिएका छन् ।

रुसको सरकारी मिडियाले बशर सिरियाबाट मस्को पुगेको पुष्टि गरेको हो । सरकारी मिडिया एजेन्सी तासले भनेको छ- ‘ असाद र उनको परिवार मस्को पुगेको छ । रुसले मानवीय कारणले असाद र उनको परिवारलाई शरण दिएको छ ।’

यस अघि असाद चढेको विमान कहाँ गयो भन्ने स्पष्ट भएको थिएन । आइतबार इस्लामिक चरमपन्थी समूह हयात तहरीर अल-शाम (एचटीएएस) ले सिरियाको राजधानी दमास्कस प्रवेश गर्नासाथ राष्ट्रपति असादले देश छोडेका थिए ।

मिडिया रिपोर्टका अनुसार रुस र इरानले सिरियाको बशर सरकारलाई पर्याप्त सहयोग नगरेका कारण उनको सत्ता ढलेको विश्लेषण गरिएको छ ।

प्रतिकृया