सिरिया विद्रोही समूहकाे कब्जामा, भागेका राष्ट्रपतिको अवस्था अज्ञात
प्रकाशित मिति
२०८१ मंसिर २३ गते, आईतवार ०२:०६
मंसिर २३, २०८१ काठमाडौँ: सिरियाका विद्रोही समूहले राजधानी दमास्कस कब्जा गरेको घोषणा गरेको छ ।
सिरियाको विद्रोही समुह इस्लामिक चरमपन्थी समूह हयात तहरीर अल-शाम (एचटीएएस) ले सिरियाको राजधानी कब्जा गरेको घोषणा गरेसँगै दमास्कसमा मानिसहरुले खुशियाली मनाएको तस्बीर र भिडियो सार्बजनिक भएका छन् । उनीहरु सिरियाको राष्ट्रपति भवनमा समेत पुगिसकेको सिएनएनले उल्लेख गरेको छ ।
यसैबीच सिरियाका राष्ट्रपति बसर अल-असद निजी विमान दमास्कस एयरपोर्टबाट निस्किएको बताइएको छ । उनको अहिलेको अवस्था अज्ञात रहेको बताइएको छ ।
सिरियाका विद्रोही समूहहरूले हालसम्म हामा, डेराका अधिकांश भाग र तेस्रो ठूलो सहर होम्स कब्जा गरेका छन् ।
इस्लामिक चरमपन्थी समूह हयात तहरीर अल-शाम (एचटीएएस) का प्रमुख अबु मोहम्मद अल जुलानीले होम्स कब्जालाई ऐतिहासिक क्षण भनेका छन् ।
प्रतिकृया