• 6:37 am

एनपीएलः पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

प्रकाशित मिति

२०८१ मंसिर २० गते, बिहीबार ११:०२

मंसिर २०, २०८१ काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्ससामु पोखरा एभेन्जर्सले १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३ रनको योगफल तयार पारेको हो ।

खेलमा म्याट क्रिट्ले सर्वाधिक ३५ रन जोडे भने माइकल लिस्कले २५ रनको योगदान गरे । जनकपुर बोल्टसका ललित राजवंशीले उत्‍कृष्ट बलिङ गरे । उनले ३ विकेट लिए । यस्तै जेम्स निसमले २ विकेट झारे भने मोहम्मद मोहसिन र किशोर महतोले एक विकेट आफ्नो नाममा गरे ।

प्रतिकृया