• 8:05 am

हवाई इन्धन महँगिएसँगै महँगियो हवाई भाडा

प्रकाशित मिति

२०८१ मंसिर १९ गते, बुधबार १२:४८

मंसिर १९, २०८१ काठमाडौँ: आन्तरिक तर्फको हवाई भाडा बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबारदेखि लागू हुनेगरि हवाई भाडा बढाएको हो । क्यानका अनुसार काठमाडौं–धनगढी रुटको भाडा ९० रुपैयाँले बढेर यात्रा महँगो बनेको छ।

यस्तै, पोखरा–भद्रपुरको भाडा ८० रुपैयाँले, विराटनगर–भैरहवा ८० रुपैयाँले, काठमाडौं–सिमरा १५ रुपैयाँले, काठमाडौं–विराटनगर ५० रुपैयाँले, काठमाडौं–पोखरा ३० रुपैयाँले र काठमाडौं–भैरहवा ४० रुपैयाँले वृद्धि भएको छ।

हवाई इन्धनको मूल्य वृद्धिले यात्रुको आर्थिक भार थपिए पनि इन्धन लागत घटाउन नसकेका कारण भाडा समायोजन गर्नु परेको क्यानले जनाएको छ। हवाइ इन्धनको मूल्यमा प्रतिलिटर २ रूपैयाँ बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको बताइएको छ ।

प्रतिकृया