• 2:09 am

लक्ष्मी सनराइजले गर्याे ५.२६ प्रतिशत लाभांस प्रस्ताव, राष्ट्र बैंकको स्वीकृतिपश्चात वितरण गरिने

प्रकाशित मिति

२०८१ मंसिर १६ गते, आईतवार १२:३९

मंसिर १६, २०८१ काठमाडौँ: लक्ष्मी सनराइज बैंकको २९९औं सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०८०र८१ को लाभांस प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीबाट आफ्ना सेयरधनीहरूलाई कुल ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ ।

प्रतिकृया