• 9:06 pm

यस्तो रहनेछ आजको मौसम

प्रकाशित मिति

२०८१ मंसिर १५ गते, शनिबार ०८:५९

मंसिर १५, २०८१ काठमाडौँ: देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। शनिबार बिहान देशभर मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबा दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

महाशाखाअनुसार आज पनि वर्षाको सम्भावना छैन। शनिबार राति पनि कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने प्रक्षेपण छ।

राति पनि गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया