अछाममा असईले आफैँमाथि चलाए गोली
प्रकाशित मिति
२०८१ मंसिर १४ गते, शुक्रबार ०४:३४

मंसिर १४, २०८१ काठमाडौँ: अछामको भैरवस्थान प्रहरी चौकीमा कार्यरत असई किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली चलाएका छन् ।
तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैंमाथि गोली प्रहार गरेको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । आफैँले चलाएको गोलीबाट घाइते भएका उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
चन्दले आफैंले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा प्रहार गरेको डीएसपी भण्डारीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसधान गरिरहेको जनाएको छ ।
Related
Recent News
- सुनको भाउ ३ हजार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
- राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने
- गभर्नर सिफारिस समिति पुनः पूर्ण, डा. पोषराज पाण्डे सदस्य नियुक्त
- सरकारी कोषमा अर्बौं बेरुजु, सञ्चित कोष ऋणात्मक
- सरकारी बेरुजु बढ्नु सुशासनमा चुनौती : राष्ट्रपति पौडेल
- प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)
- स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर स्थापना
- ९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनामा जुट्यो लगानी
- राहत शिक्षकहरुले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया