• ४ साउन २०८३, सोमबार
  • ७:३२ बेलुका

इजरायल र लेबनानबीच युद्धविराम सहमति

प्रकाशित मिति

२०८१ मंसिर १२ गते, बुधबार ११:००

मंसिर १२, २०८१ काठमाडौँ: इजरायल र लेबननबीच युद्धबिरामको सहमति भएको छ। मंगलबार राति लेबननमा युद्धबिराम गर्ने प्रस्तावलाई इसराइलको सुरक्षा क्याबिनेटले पारित गरेको हो। योसँगै दुई महिनादेखि भएको इजरायल र हिजबुल्लाहबीचको युद्ध रोकिएको छ। इसराइलले बुधबार बिहान स्थानीय समयअनुसार ४ बजेदेखि युद्धबिरामको सहमति कार्यान्वयन हुने भनेको समाचार संस्था सिएनएनले जनाएको छ।

यद्यपि इसरलाइले मंगलबार नै लेबननको राजधानी बेरूतनजिक दक्षिणी क्षेत्रलाई निशाना बनाएर बमबारी गरेको थियो। मंगलबारको बमबारीलाई युद्ध सुरू भएयताकै सबैभन्दा भारी बमबारी भनिएको सिएनएनले उल्लेख गरेको। बेरूत नजिक २ मिनेटमा २० पटक विस्फोट गराइएको थियो।

Kamana Sewa

आक्रमणमा परी कम्तिमा २५ जनाको मृत्यु भएको भनिएको छ। सोमबार एकैदिन ५५ जनाको मृत्यु भएको थियो। इजरायल र हिजबुल्लाहबीचको युद्धको दुई महिनाको अवधिमा लेबननमा हजारौंले ज्यान गुमाएका छन् ।

Classic Tech Desktop

गत असोजको सुरूवातमा इजरायलले लेबननमा पेजर विस्फोट गराएको थियो। हिजबुल्लाहले त्यसको जबाफमा इजरायलमा हवाई आक्रमण गरेको थियो। त्यसयता इसराइली आक्रमणमा परी हिजबुल्लाहका कमाण्डरहरूसमेत मारिएका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबननमा युद्धविरामको पहल गरेका थिए। युद्धबिरामको सहमतिपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले राष्ट्रपति बाइडेनलाई फोन गरी धन्यवाद भनेको सिएनएनको समाचारमा उल्लेख छ ।

युद्धबिरामपछि इजरायली सेनाहरू लेबननबाट फिर्ता हुनेछन्। लेबननबाट इजरायली सेनालाई फर्काउन ६० दिनको समय दिइएको छ। युद्धविरामको सहमतिपछि इजरायली प्रधानमन्त्री नेतन्याहुले हिजबुल्लाहसँग युद्धविराम गर्नुका पछाडि विशेष कारण रहेको बताए ।

उनले अहिले इरानसँगको युद्धमा विशेष ध्यान दिनुपर्ने भएका कारण लेबननमा युद्धविराम गरिएको बताएका छन्। ‘इरानी खतरामा ध्यान केन्द्रित गर्न, इसराइली सैनिकलाई आराम दिन र हमासमाथि दबाब बढाउन लेबननमा युद्धविराम गरेका हौं,’ नेतन्याहुले भनेका छन् ।

लेबननका प्रधानमन्त्री नजिब मिकटीले युद्धविरामको सहमतिको स्वागत गर्दै अमेरिकी राष्ट्रपति बाइडेनलाई धन्यवाद भनेका छन् ।

प्रतिकृया