• 9:34 am

संवादले राज्यले बोकेको लक्ष्य समृद्ध नेपाल र सुखी नेपालको मन्त्रलाई थप उर्जा दिनेछ : शिक्षामन्त्री भट्टराई

प्रकाशित मिति

२०८१ मंसिर ५ गते, बुधबार ०७:२०

मंसिर ५, २०८१ काठमाडौँ: सीटीइभीटी, युनेस्को र युनिभोकको संयुक्त आयोजनामा नेपालममा राष्ट्रिय टिभेट नीतिगत छलफल हिजो शुरू भएकाे छ । कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईबाट भएको थियो ।

कार्यक्रम नेपालमा राष्ट्रिय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टीभेट) नीतिगत संवाद अन्तर्गत “नेपालमा दिगो विकासका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमको सुदृढीकरणः डिजिटल रूपान्तरण, निजी क्षेत्रको सहभागिता, र हरित टीभेटको उपयोग” विषयमा शुरू भएको थियो ।

कार्यक्रममा बोल्दै शिक्षामन्त्री विद्या भट्टराईले सीटीइभिटी, युनेस्को र युनिभोक र शिक्षा मन्त्रालय समेतको समन्वयमा आयोजित पोलिसी डाइलगमा उपस्थित शिक्षा, विज्ञान मन्त्रालयका सचिवज्यू, सीटीइभिटीका सदस्य सचिवज्यू, युनेस्कोका प्रतिनिधिहरुज्यू, प्राविधिक र उद्योग क्षेत्रमा लगातार लागिरहनुभएका सबै महत्वपूर्ण व्यक्तित्वहरुमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट कार्यक्रममा उपस्थिति भएकोमा स्वागत गरिन् । उनले प्राविधिक, व्यवसायिक क्षेत्रलाई कसरी मजबुत बनाउने भन्ने सन्दर्भमा संवाद गर्नको लागि उपस्थित भएका जनाइन् । उनले संवादले राज्यले बोकेको लक्ष्य समृद्ध नेपाल, सुखी नेपालका प्रतिबद्धताहरुलाइ सबैका लागि शिक्षा र सबैका लागि सीप र रोजगारीलाई समावेशिता र सामाजिक न्याय सहितको शिक्षा, रोजगार र सीपको कुरालाई राज्यको लिएको लक्ष्यलाई समृद्ध नेपाल र सुखी नेपालको आकंक्षामा पुर्याउनेछ भन्ने लक्ष्य लिएको बताइन् ।

प्राविधिक र व्यवसायिक क्षेत्रको कुरा गरिराखेका वर्तमान परिप्रेक्ष्यमा व्यवसायिकता भनेको के हो ? व्यवसायिकतालाई कसरी बुझ्ने ? समाजले बुझिरहेको व्यवसायिकता र बनाएका नीति, नियम र कानुनले बनाइरहेको व्यवसायिकतामा कहाँ निर भिन्नता छ ? सबैभन्दा पहिले त्यो कुरालाई विचार गर्नुपर्ने बताइन् । नेपाली समाज आज पनि विभेदमा र असमानतामा आधारित रहेको भाष्य मात्र होइन समाजलाई समानता उन्मुख बनाउनुपर्दछ भन्ने कुरामा उनले जोड दिइन् । साथै आफूले समाजमा भएको अवस्था र राज्यको लक्ष्यलाई जोड्न संवादले काम गर्ने बताइन् ।

उनले छलफलबाट केही विचारहरु आउने र त्यही विचारका आधारमा सीटीइभिटी र मन्त्रालयले केही पृष्ठपोषण पाउने भन्ने विश्वास आफूले लिएको बताइन् । कार्यक्रमको लागि हार्दिक आभार व्यक्त गर्दै आज नेपाल सरकारले जुन खालको लक्ष्य बोकेर अगाडि बढिरहेको छ, यसमा युनेस्कोले गरेको योगदान प्रंसशनीय मात्र होइन, आफ्नै पार्टको रुपमा सहयोग गरेकोमा हार्दिक आभार व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै उनले वर्तमान परिप्रेक्ष्यमा प्रशस्त रोजगारमूलक कार्यक्रम ल्याउन नसकेको माथि प्रकाश पारिन् । अहिले हामीले वर्षमा कति सीप भएका मानिसहरुलाई उत्पादन गर्न सकेका छौं भन्ने प्रश्न गर्दै सोह्रौ योजना हेर्दा हामीसँग ९००, १००० को वरिपरि सीप दिइरहेको भनिएको छ । ५ वर्षमा जम्मा १५०० पु-याउने भनेको र यसले नपुग्ने भएकोले कम्तीमा पनि वर्षमा युनिभर्सिटीबाट उत्पादन हुने करिब ५ लाख उत्पादन हुने त्यसले मार्केट खोजिराखेको हुन्छ, उसले आफ्नो काम गर्ने ठाउँ, सीप दिने ठाउँ खोजिराखेको हुन्छ । त्यसैगरी एसइइ र प्लस टुको रिजल्ट हेर्दा एसइइ र प्लस टु दिने संख्यालाई हेर्दा भने त्यसले पनि काम खोजिरहेको देखिएको छ । त्यसकारणले आफूले अनुरोध गर्न चाहेको र सीप र काममा संलग्न हुनेहरु जनसंख्याको आधारमा रोजगारी र कामलाई निर्माण गर्न सक्यौं भने यो देशमा केही हुन्छ भन्ने आशा पलाउँछ, होइन हामीले हिजो देखिको पराम्परागत सोंच र जागिर मात्रै हो जीवन भन्ने सिकायौं भने हामीले आज भनेको प्राविधिक र व्यवसायिक शिक्षालाई उन्नत बनाउन नसक्ने उनले बताइन् ।

शिक्षा, प्रविधि मन्त्रालयका सचिव डा. दिपक काफ्लेले सर्वप्रथम उपस्थित सबैलाई हार्दिक आभार व्यक्त गर्दै प्राविधिक तथा व्यवसायिक परिषद सीटीइभीटी र हाम्रो सम्बद्ध युएन एजेन्सीहरु बीच सहकार्य गरेर नेशनल पोलिस डाइलग आयोजना गरेको बताए । उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट महत्वपूर्ण सहभागिता जनाउनु भएका महत्वपूर्ण व्यक्तित्वहरुप्रति मन्त्रालयको तर्फबाट हार्दिक स्वागत गरे । उनले अगाडि भने, “यस कार्यक्रममा माननीय मन्त्री उपस्थिति भएर हामीलाई हौसला बढाउनुभएको छ । त्यसैगरी योजना आयोगको सदस्य उपस्थिति भएर हौैसला बढाउनुभएको छ ।”

आफ्ना विचारहरु अगाडि सार्दै उनले खासगरी पोलिसी डाइलग भएकोले आउँदा दिनमा राम्रा पोलिसीहरु बनाएर कार्यान्वयन कसरी गर्न सक्दछौं भन्ने विषयमा उक्त छलफलबाट निष्कर्षहरु निस्कनेछन् । ती निस्केका निष्कर्षहरुलाई एउटा दस्तावेजको रुपमा मन्त्रालयले प्राप्त गरि आउँदा दिनमा सरकारले गर्न पर्ने काममा थप कामहरु गर्न सक्ने बताए । खासगरी टेक्निकल र भोकेसनल शिक्षाको सन्दर्भमा धेरै इस्युहरु रहेको बताउँदै २, ४ वटा इस्युमा जोड दिनुपर्ने कुरा बताए । खासगरी टेक्निकल र भोकेसनल शिक्षा भनेपछि शिक्षाको गुणस्तरमा कहिं न कहिं जोडिने बताउँदै भोकेसनल ट्रेनिङको कुरा गरेपछि इन्डस्ट्रियल रिलेभेन्ट तालिमसँग जोडिई इन्डस्ट्रियल रिलेशनमा गएर ठोक्किन्छ । उक्त सन्दर्भमा यसमा ट्रेनिङ र लेवर मार्केटको आवश्यकताको बीचमा केही मिसम्याचहरु छन् भएको बताउँदै उक्त पोलिसी डाइलगले त्यो बीचमा भएको मिसम्याचहरुलाई अलिकता पत्ता लगाई थप छलफल गरी एउटा नियमित लेवर मार्केटमा जनशक्ति उपलब्ध गराउनुपर्ने र त्यसका लागि मार्केटको विश्लेषण गर्नुपर्ने बताए । उनले भने, “एउटा रेगुलर मार्केट विश्लेषण गर्ने संयन्त्र यही निकायले राख्न सक्दछ वा त्यसको लागि छुट्टै संयन्त्र बनाएर जानुपर्दछ, त्यसमा हामीले छलफल गर्नुपर्नेछ ।”

उनले आफू सरकारको तर्फबाट पनि यो २ दिनको पोलिसी डाइलग पछि आएको निष्कर्षका आधारमा थप नीतिहरुलाई रिभिजिट गरेर आउँदा दिनमा यस क्षेत्रमा काम गर्न सकौं भन्ने शुभेच्छा प्रकट गर्दै उपस्थिति सबैलाई कार्यक्रममा उपस्थितिको लागि धन्यवाद दिंदै आफ्नो मन्तव्यको अन्त्य गरे ।

कार्यक्रमको सहजकर्ता सीटीइभिटीका प्रतिनिधिले गरेका थिए भने स्वागत मन्तव्य सीटिइभिटीका निर्देशक टेक बहादुर मल्लले गरेका थिए । त्यसैगरी युनेस्को र युनिभोकको तर्फबाट स्वागत मन्तव्य युनेस्कोको हेड फ्रेडरिक हब्लरले गरेका थिए । कार्यक्रम विभिन्न सत्रमा सम्पन्न हुनेछ भने यस कार्यक्रमको समापन आज हुनेछ ।

प्रतिकृया