• 5:56 pm

स्ट्याण्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारणसभा मंसिर २५ गते, बुक क्लोज कहिले ?

प्रकाशित मिति

२०८१ मंसिर ४ गते, मंगलवार १२:१६

मंसिर ४, २०८१ काठमाडौँ: स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले आफ्नो ३८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले यही मंसिर २५ गते वार्षिक साधारणसभा आव्हान गर्ने निर्णय गरेको हो ।

साधारणसभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजेबाट सुरु हुने बैंकले जनाएको छ।

बैंक सञ्चालक समिति बैठकले वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर ६ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ । मंसिर ५ गतेसम्म कायम शेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको ६.५० प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश (करसहित) गरी २५.५० अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

प्रतिकृया