काठमाडौं–१६ को वडाध्यक्षमा कांग्रेसले देवेन्द्र पाठकलाई उठाउने
प्रकाशित मिति
२०८१ मंसिर २ गते, आईतवार १२:०८

मंसिर २, २०८१ काठमाडौँ: नेपाली कांग्रेसले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पाठक कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १६ का सभापति हुन् ।
सो वडाका वडाध्यक्ष मुकुन्द रिजालको २०८० भदौमा निधन भएपछि रिक्त पदमा आगामी मंसिर १६ गते निर्वाचन हुन लागेको हो । सो वडाको वडाध्यक्षमा नेकपा (एमाले) ले लक्ष्मीरत्न तुलाधर, नेकपा (एकीकृत समाजवादी) ले मीनबहादुर मानन्धर र राष्ट्रिय स्वतन्त्र पार्टीले रोजिना श्रेष्ठलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीका मानन्धरलाई भने नेकपा (माओवादी केन्द्र) को समर्थन छ ।
Related
Recent News
- पीएम कपमा आज तीन खेल हुदै
- दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन शनिबारबाट सुरू,प्रधानमन्त्री ओलीले सम्बोधन सहित युवाहरुसँग विशेष संवाद गर्ने
- स्ववियु निर्वाचनः उम्मेदवारहरु कसको एजेण्डा के ?
- आरआरमा एमाले अखिलको दादागिरी, स्वतन्त्र विद्यार्थीमाथि भौतिक आक्रमण
- नेपाललाई टाट पल्टिनसक्ने जोखिमबाट बचाउनको लागि अर्थशास्त्रीहरुको संयुक्त अपिल (वक्तव्यसहित)
- एनसेल नेपाल सुपर लिग २०२५ : खेल तालिका सार्वजनिक, पहिलो खेल भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने
- नेविसंघद्वारा स्ववियु निर्वाचनको घोषाणपत्र सार्वजनिक
- गणतन्त्रको रक्षा गर्नु राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्यो- समाजवादी मोर्चा
- शिक्षकका मागलाई कम आँकिए यसको परिणाम राम्रो हुँदैन- प्रचण्ड
- एनआरएनएको एकता महाधिवेशनका लागि निर्वाचन समिति गठन
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया