• 8:34 am

इजरायली प्रधानमन्त्री नेतान्याहूको निजी निवासमा फेरी आक्रमण

प्रकाशित मिति

२०८१ मंसिर २ गते, आईतवार ११:३२

मंसिर २, २०८१ काठमाडौँ: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घर बाहिर आगोको गोला फालिएको छ ।

इजरायली मिडियाका अनुसार प्रधानमन्त्री नेतान्याहूको काएसारेअस्थित निजी घरको आगनमा आगोको गोला फालिएको हो । प्रहरीले यस घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । सो घटना हुदा नेतान्याहूको घरमा परिवारका कोहि सदस्य नभएको बताएको छ ।

यस अघि नेतान्याहूको यसै घरमा हिजबुल्लाहले ड्रोन आक्रमण गर्दा सामान्य क्षति पुगेको थियो ।

प्रतिकृया