• 10:42 pm

दक्षिण अफ्रिकासँग भारत पराजित

प्रकाशित मिति

२०८१ कार्तिक २६ गते, सोमबार ०७:३७

कार्तिक २६ , २०८१ काठमाडौँ: भारत दक्षिण अफ्रिकासँगको टी-२० सिरिजको दोस्रो खेलमा पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३ विकेटले पराजित गरेको हो । भारतले दिएको १२५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १९ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउदै १२४ रन बनाएको थियो । दक्षिण अफ्रिकाको यो जितपछि ४ खेलको सिरिज १-१ ले बराबरी भएको छ । यस अघि पहिलो खेल भारतले जितेको थियो । अब सिरिजको तेस्रो खेल बुधबार हुने छ ।

प्रतिकृया