• 10:15 pm

अर्घाखाँचीमा भारतीय नम्बरको कार दुर्घटना, एकको मृत्यु

प्रकाशित मिति

२०८१ कार्तिक १९ गते, सोमबार १०:२९

कार्तिक १९ , २०८१ बुटवल : अर्घाखाँचीको मालारानीबाट सदरमुकाम सन्धिखर्कतर्फ आउँदै गरेको भारतीय कार दुर्घटनामा पर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आइतबार साँझ कार दुर्घटना हुदाँ मालारानी गाउँपालिका वडा नम्बर ७ टिमुरे बस्ने २६ वर्षका नवीन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ११ ढुङ्गेदेउरालीमा मालारानी गाउँपालिका खनदहदेखि सन्धिखर्कतर्फ आउँदै गरेको एचआर ५५ एयू ८७९३ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

कारमा एक जनामात्र सवार रहेको र कार सडकबाट करिब आठ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिकृया