• 4:18 pm

भारतको बलरामपुरमा कार दुर्घटनामा दुई नेपालीको मृत्यु

प्रकाशित मिति

२०८१ कार्तिक १९ गते, सोमबार ०९:०४

कार्तिक १९ , २०८१ कपिलवस्तु : भारतको उत्तरप्रदेशस्थित बलरामपुर्मा कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।

भारतको बलरामपुरमा पाँच जना सवार कार बससँग ठोक्किएपछि भएको दुर्घटनामा कपिलवस्तु बाणगङ्गा नगरपालिका- ९ का दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका-६ का अनिल सापकोटाको मृत्यु भएको हो ।

उनीहरु तिहार मनाउन आफ्नो घर फर्किने क्रममा दुर्घटना भएको बताइएको छ ।

भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेका थिए। दुर्घटनामा सवार मृतक बेल्बासेकी पत्नी शारदा, सोही ठाँउका टेकबहादुर र उनकी पत्नी धनकला घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालनमा उपचार भइरहेको छ ।

प्रतिकृया