बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित
प्रकाशित मिति
२०८१ कार्तिक १४ गते, बुधबार ११:१६
कार्तिक १४ , २०८१ काठमाडौँ: संसदीय सुनुवाइ समितिले बेल्जियमको राजदुतमा सिफारिस सेवा लम्साललाई अनुमोदन गरेको छ । बुधबार भएको लम्सालको सुनुवाई पछि समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।
सुनुवाइको क्रममा लम्सालले राजदुतको रुपमा आफ्नो योजना प्रस्तुत गर्दै नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
समितिले अनुमोदन गरेसँगै अब उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने संबैधानिक प्रावधान रहेको छ ।
लम्सालले २०८० मंसिर २९ बाट परराष्ट्र सचिवको जिम्मेवारी सम्हालेकी हुन् । परराष्ट्र सचिवको कार्यकाल ५ वर्ष हुन्छ । उमेरका कारण उनी २०८२ असार ५ गतेसम्म परराष्ट्र सचिव हुन पाउने थिइन् ।
Related
Recent News
- एनआरएन नेपाली नागरिकताको कार्यान्वयन संविधानतः हुन्छ : पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा
- नेप्से ५.०८ अकंले बढ्यो, ६ अर्ब १९ करोडको कारोबार
- पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
- सन्दीपलाई एक खेलमा प्रतिबन्ध, क्यानले सोध्यो स्पष्टीकरण
- रविसहितलाई धरौटीमा छाड्ने आदेश गर्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश
- खानेपानी मन्त्री यादवसँग हर्क साम्पाङको भेटवार्ता
- केपी ओली हिटलरभन्दा पनि तानाशाही र पापी देखिएः दलित अभियन्ता सुनार
- कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ बिच सम्झौता
- प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा ‘सगरमाथा संवाद’ को घोषणा हुदै
प्रतिकृया