• 4:36 pm

हमासको ड्रोन युनिट कमाण्डर मुह्मद मारिएको इजरायलको दाबी

प्रकाशित मिति

२०८१ आश्विन ३० गते, बुधबार ०१:१७

असोज ३० , २०८१ काठमाडौँ: इजरायली सेनाले हमासको ड्रोन युनिट कमाण्डर मुह्मद अल–मभुहलाई मारिएको दाबी गरेको छ ।

गाजाको उत्तरी क्षेत्रमा गरेको हवाई आक्रमणमा कमाण्डर मुह्मद मारिएको इजरायली सेनाले जनाएको छ । गाजास्थित जबालियामा भएको हवाई आक्रमणमा ५० आतंकवादीहरु पनि मारिएको बताइएको छ ।

यस्तै, मंगलबार अमेरिकाले इजरायललाई गाजामा मानवीय सहायतालाई तीव्रता दिन ३० दिनको समय दिएको छ । त्यसो नगरेमा अमेरिकाले सैन्य सहायतामा कटौती गर्ने तयारी गरेको छ ।

प्रतिकृया