• ४ साउन २०८३, सोमबार
  • २:०८ बिहान

बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो

प्रकाशित मिति

२०८१ आश्विन २७ गते, आईतवार ०५:३०

असोज २७ , २०८१ काठमाडौँ: महाराष्ट्रका एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका पूर्व मन्त्री बाबा सिद्दिकीको शनिबार राति गोली हानी हत्या गरिएपछि बलिवुडका सुपरस्टार सलमान खानको सुरक्षा बढाइएको छ ।

मिडिया रिपोर्टका घटनामा ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहको संलग्नता रहेको आशंका गरिएको छ । लरेन्स ग्याङको नाम सार्वजनिक भएपछि अभिनेता सलमान खानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट बाहिर सुरक्षा बढाइएको छ । प्रहरीको थप टोली परिचालन गरिएको छ । अप्रिल १४ मा सलमानको घर बाहिर लरेन्स गिरोहले गोली चलाएको थियो । यस गिरोहले सलमानलाई पटक पटक धम्की दिदै आएको छ ।

Kamana Sewa

बाबा सिद्दिकीको हत्या हुँदा सलमान फिल्मसिटीमा बिग बोस १८ को सुटिङ गरिरहेका थिए । खबर पाएलगत्तै उनी सुटिङ रोकेर अस्पताल पुगेका थिए । त्यसपछि उनी बाबा सिद्धिकीको घरमा समेत पुगेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

Classic Tech Desktop

राजनीतिक मुद्दाबाट टाढा रहेका अधिकांश मानिसहरूले बाबा सिद्दिकीलाई उनको इफ्तार पार्टीका लागि चिन्थे। हरेक वर्ष रमजानको अवसरमा मुम्बईमा आयोजना हुने यो पार्टीको मुख्य आकर्षण यहाँ पुगेका सेलिब्रेटीहरू थिए । रेड कार्पेटमा साना ठूला सेलिब्रेटीहरुको उपस्थितिका कारण पार्टी चर्चामा रहने गर्दथ्यो ।

यो पार्टीले शाहरुख खान र सलमान खानबीचको वर्षौं पुरानो झगडाको अन्त्य गरेको थियो । सलमान र शाहरुखको झगडा मिलाउने श्रेय पनि बाबा सिद्दिकीलाई नै जाने गर्दछ ।

प्रतिकृया