• 3:38 am

बाढी पहिरोबाट काभ्रेमा सबैभन्दा बढी मानवीय क्षति

प्रकाशित मिति

२०८१ आश्विन १४ गते, सोमबार ०८:४६

असोज १४ , २०८१ काभ्रे : बाढीपहिरोबाट काभ्रे सबैभन्दा बढी प्रभावित भएको देखिएको छ ।

पछिल्लो विवरण अनुसार काभ्रेमा विहिबारदेखिको बर्षापछि बाढी पहिरोमा परेर ६६ जनाको ज्यान गएको छ । सबैभन्दा बढी मानवीय क्षति रोशी, तेमाल, पनौती, बेथानचोक पालिकामा भएको छ । जिल्लाका पालिकाबाट प्राप्त तथ्यांकअनुसार आइतबार साँझसम्म काभ्रेमा मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

प्रहरी तथ्यांकअनुसार आइतबार साँझसम्म काभ्रेमा १९ जना बेपत्ता र ४२ जना घाइते रहेका छन् ।

बाढी र पहिरोले रोशी गाउँपालिकामा १२ जना, तेमाल गाउँपालिकामा १२ जना र पनौती नगरपालिकामा १२ जनाको मृत्यु भएको छ । त्यस्तै बेथानचोक गाउँपालिकामा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ भने बनेपामा बाढी पहिरोबाट ३ जनाको मृत्यु भएको छ ।

त्यस्तै मण्डनदेउपुर नगरपालिकामा ७ जनाको मृत्यु भएको छ भने नमोबुद्ध नगरपालिकामा ४ जना, धुलिखेल नगरपालिकामा ३ जना, चौंरीदेउराली गाउँपालिकामा ३ जना तथा भुम्लु र खानीखोला गाउँपालिकामा एक एक जनाको ज्यान गएको छ ।

प्रतिकृया