• 12:00 pm

नक्खु खोलाले बगाउदा चार जना बेपत्ता

प्रकाशित मिति

२०८१ आश्विन १२ गते, शनिबार १०:४३

असोज १२ , २०८१ काठमाडौँ: नक्खु खोलाले बगाउदा चार जना बेपत्ता भएका छन् । शनिबार बिहान सब ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटका चार जनालाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बाढीमा बेपत्ता भएकामा एक बालकसहित दुई पुरुष र एक महिला रहेका छन् ।

नदीको बीचमा रहेको टहरोमाथि लामो समयसम्म बसेर उद्धारको गुहार लगाएका उनीहरुको समयमा उद्धार नहुदा नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

अहिले उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया