यस चाडपर्वको अवसरमा केटीए बाइकसँग विशेष राइडिङ्ग गियर!
प्रकाशित मिति
२०८१ भाद्र २६ गते, बुधबार ०३:५६
भदौ २६ , २०८१ काठमाडौँ: नेपालभरि मनाइने यस विशेष चाडपर्वको अवसरमा, केटीएम नेपालले मोटरसाइकल प्रेमीहरूका लागि एक रोमाञ्चक अफर प्रस्तुत गरेको छ। यस उत्सवको उमंगलाई थप विशेष बनाउन, केटीएमले हरेक बाइक खरिदमा विशेष केटीएम राइडिङ ज्याकेट प्रदान गर्ने घोषणा गरेको छ। उक्त ज्याकेटले राइडरलाई स्टाइलिश बनाउँनुका साथसाथै सुरक्षा र आराम पनि सुनिश्चित गर्दछ, जसले साहसिक यात्रामा अतिरिक्त आत्मविश्वास दिनेछ।
ग्राहकहरूलाई थप लाभ दिनका लागि, केटीएमले पुरानो बाइक एक्सचेन्ज गर्ने ग्राहकहरूलाई अतिरिक्त १५,००० रुपैयाँ थप मूल्यांकन पनि प्रदान गरिरहेको छ। उक्त अफरले नयाँ बाइक खरिदको अनुभवलाई सहज र लाभदायक बनाउनेछ भने ग्राहकहरूले आफ्नो पुरानो बाइकलाई प्रतिस्थापन गरेर, केटीएमको उन्नत र प्रख्यात बाइकको स्वामित्व पाउने अवसर प्राप्त गर्नेछन्।
यो सीमित समयको अफरले ग्राहकहरूलाई केटीएमको सशक्त प्रदर्शन र साहसिक क्षमता अनुभव गर्न प्रेरित गर्नेछ। चाहे शहरी सडकको यात्रा होस् वा चुनौतीपूर्ण ट्रेलहरूमा साहसिक यात्रा, केटीएमको बाइकले कुनै पनि स्थितिमा उत्कृष्ट प्रदर्शन प्रदान गर्नेछ।
मुख्य अफरका विशेषताहरू:
● प्रत्येक केटीएम बाइक खरिदमा विशेष केटीएम राइडिङ ज्याकेट।
● बाइक एक्सचेन्जमा अतिरिक्त १५,००० रुपैयाँ थप मूल्यांकन।
● सिमीत अबधिका लागी नेपालभरिका सबै केटीएम सोरुमहरूबाट उक्त अफर उपलब्ध हुनेछ।
उक्त अफरको लाभ उठाउन ग्राहकहरुले आफ्नो नजिकैको केटीएम सोरुममा गइ बुकिङ्ग गर्न सक्नेछन्।
प्रतिकृया