सौर्य एयरको विमान दुर्घटनास्थलबाट चार जनाको उद्धार गरियो- प्रहरी
प्रकाशित मिति
२०८१ श्रावण ९ गते, बुधबार १२:५६

साउन ९, २०८१ काठमाडौँ: सौर्य एयरलाइन्सको विमान दुर्घटनामा चार जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
उद्धार गरिएका ३ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको र एक जनाको केएमसी अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ । केएमसीमा विमानका पाइलट मनिष रत्न शाक्यको उपचार भइरहेको छ ।
अहिलेसम्म १५ जनाको शव निकालिएको र अहिले शव टिचिङ अस्पताल लैजादै गरिएको प्रहरीले जानकरी दिएको छ ।
विमानलाई काठमाडौँबाट पोखरा मर्मतका लागि लैजाने क्रममा दुर्घटना भएको हो । विमानमा १९ जना एयरलाइन्सकै कर्मचारी भएको प्रहरीले जनाएको छ ।
Recent News
- नेप्सेमा आज झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- आज यी कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो
- पाँच महानगरमध्ये तीनले बजेट ल्याए,दुई आज आउँदै,काठमाडौँ अझै अन्योलमा
- वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट
- माओवादी केन्द्रद्वारा भिजिट भिसा छानबिन समितिको स्वागत
- आजको सत्तापक्षीय दलको बैठकमा यस्तो भयो निर्णय
- छानबिन समिति अस्वीकार गर्दै रास्वपाको संसद अवरोध जारी
- आज प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट
प्रतिकृया