सौर्य एयरलाइन्सको विमान दुर्घटनाः घटनास्थलमा २ जनाको शव फेला
प्रकाशित मिति
२०८१ श्रावण ९ गते, बुधबार १२:१४

साउन ९, २०८१ काठमाडौँ: सौर्य एयरलाइन्सको जहाजमा सवार दुई जनाको शव फेला परेको छ । उद्धारकर्ताहरुले २ जनाको शव घटनास्थलमा फेला परेका छन् । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ ।
काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो । विमान करिब ११ बजेतिर दुर्घटना भएको हो ।
विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
Related
Recent News
- प्रधानमन्त्री ओलीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण
- किन कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- नेप्सेमा आज गिरावट, कारोबार रकम पनि घट्यो
- ७४१ प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस, सूची सार्वजनिक
- रास्वपाका सांसदले ‘निलो रिबन’ लगाएकोप्रति कांग्रेसको आपत्ति, बैठक आधा घण्टाका लागि स्थगित
- गत वर्षभन्दा ८८ अर्ब बढी राजस्व संकलन, ११ महिनामा १० खर्ब २७ अर्ब उठ्यो
- अकुत सम्पत्ति कमाएका यातायातका अधिकृतविरुद्ध मुद्धा दायर
- उद्योग मन्त्रालयको बजेट वितरण: मन्त्रीको जिल्लामै २१ करोडको सडक योजना
- रास्वपाले आजको प्रतिनिधि सभामा ‘निलो रिबन’ लगाएर विरोध गर्ने
प्रतिकृया