उचारचढावका बीच झिनो अंकले बढ्यो नेप्से
प्रकाशित मिति
२०८१ श्रावण ७ गते, सोमबार ०३:३६

साउन ७, २०८१ काठमाडौँ: उचारचढावका बीच सोमबार सेयर बजार झिनो अंकले बढेको छ । इन्ट्रा डे मा २५ सय बिन्दु पार गरेको बजार कारोबार अवधिभर घटबढ भइरह्यो । अन्त्यमा नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ बिन्दुमा रोकिएको छ ।
यस दिन कारोबार रकममा पनि घटेको छ । सोमबार बजारमा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ । आइतबार कारोबार १५ अर्ब नाघेको थियो । कारोबार अवधिभर ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७१ कित्ता सेयर खरिदबिक्री भयो ।
यस दिन ११५ कम्पनीको सेयर मूल्य बढ्यो भने १२१ कम्पनीको सेयर मूल्य बढ्यो । ६ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । सोमबार मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स, छ्याङ्दी हाइड्रोपावर,बलेफी हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्य बढेको छ ।
त्यसैगरी, गणपति लघुवित्त, सिक्लेस हाइड्रोपावर, जनउत्थान सामुदायिक लघुवित्त लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् ।
आज हिमालयन री-इन्स्योरेन्सको सर्वाधिक ३६ करोड ९३ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिकृया