नेपाल मानव धर्म सेवा समितिद्वारा गुरु पूर्णिमाको अवसरमा दुई दिवसीय कार्यक्रम सम्पन्न
प्रकाशित मिति
२०८१ श्रावण ७ गते, सोमबार ०१:३८

साउन ७, २०८१ काठमाडौँ: नेपाल मानव धर्म सेवा समितिले व्यास जयन्ती तथा गुरु पूर्णिमाको अवसरमा दुई दिवसीय कार्यक्रम सम्पन्न गरेको छ । समितिको केन्द्रीय कार्यालय गौशालामा भएको कार्यक्रममा केन्द्र प्रमुख महात्मा चमेली वाइजीले मानव जीवनमा गुरुको महत्वको बारेका चर्चा गर्नुभएको थियो । उहाँले भौतिक जीवन सफल बनाउन अनेक गुरुहरुको आवश्यक्ता परेजस्तै आध्यात्मिक जीवनकालागि पनि गुरुको आवश्यक्ता पर्ने बताउनुभयो । गुरुको सेवा गर्नु भनेको भगवानलाई पाउन सरह भएको चर्चा गर्दै उहाँले सबैलाई अध्यात्ममा लाग्न प्रेरणा दिनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथी पशुपती क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन कुमार थापाले अहिलेको युवा पुस्ता सकारात्मक कुरालाई छाड्दै नकारात्मकतातिर अघि बढिरहेकोमा दुख व्यक्त गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘कलेज जान हिडेका युवाहरु अहिले दुव्र्यसनीमा फसिरहेका छन् । उनीहरुलाई सहि बाटोमा ल्याउने एउटै मात्र उपाए आध्यात्म हो ।’ त्यसैले सानै उमेर देखि नै अध्यात्म जागरण जगाउनु पर्ने र यसका लागि परिवारले नै बालबालिकाबाट आश्रममा ल्याउनुपर्ने उहाँको सुझाब छ ।
कार्यक्रममा मानव धर्म समितीकी बरिष्ठ प्रमुख महात्मा लता वाइजी, त्रिगुणा वाइजी र जगदम्वा वाइजीले गुरुको महत्वको बारेमा प्रकाश पर्नु भएको थियो । यस्तै काठमाडौ महानगरपालिका वडा नम्बर ९ का सदस्य टेकराज अधिकारीले अहिलेको अवस्थामा आध्यात्मिक जागरण अति नै आवश्यक रहेकाले कुनै न कुनै रुपमा अध्यात्ममा लाग्नै पर्नेमा उहाँको जोड रहेको छ ।
गुरुपूजाकै अवसर पारेर समितिले यो वर्ष एसईई उतिर्ण गर्ने १७ जना विद्यार्थीलाई सम्मान गरेको थियो । दुई दिवसीय कार्यक्रममा भक्ती संगीतका कलाकार तथा बाल सभाका साना साना नानी बाबुहरुले गुरुको महत्वको बारेका नाटक तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेकाछन् ।
प्रतिकृया