बहादुरसिंह लामाको नेतृत्वमा बागमती प्रदेश सरकारमा जाने कांग्रेसको निर्णय
प्रकाशित मिति
२०८१ श्रावण ६ गते, आईतवार ०१:०६

साउन ६, २०८१ काठमाडौँ: बागमती प्रदेशको मुख्य मन्त्रीमा बहादुर सिंह लामालाई बनाउने तयारी भएको छ। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा लामालाई बनाउने निर्णय गरेको हो ।
लामा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता हुन् । आइतबार बिहान हेटौंडामा बसेको बैठकले मुख्यमन्त्रीमा लामालाई पठाउने सर्वसम्मत निर्णय गरेको हो ।
बागमतीमा कांग्रेसका ३७ सांसद् छन् । आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री जम्कट्टेलले प्रस्तुत गरेको विश्वासको मतको विपक्षमा मतदान गर्ने समेत कांग्रेस बैठकले निर्णय गरेको छ । एमालेले पनि मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्ने भएको छ।
Recent News
- युनिग्लोब कलेजमा युनिग्लोब आईटि एक्सपो र स्टार्टअप मेला-२०२५ आयोजना हुँदै
- नेप्सेमा आज झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- आज यी कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो
- पाँच महानगरमध्ये तीनले बजेट ल्याए,दुई आज आउँदै,काठमाडौँ अझै अन्योलमा
- वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट
- माओवादी केन्द्रद्वारा भिजिट भिसा छानबिन समितिको स्वागत
- आजको सत्तापक्षीय दलको बैठकमा यस्तो भयो निर्णय
- छानबिन समिति अस्वीकार गर्दै रास्वपाको संसद अवरोध जारी
- आज प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
प्रतिकृया