• 1:35 am

त्रिशूलीमा बेपत्ता यात्रुको शव नारायणीले बगाएर भारत पुर्‍यायो

प्रकाशित मिति

२०८१ श्रावण ४ गते, शुक्रबार ०१:४९

साउन ४, २०८१ चितवन : चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाएर गत शुक्रबार बिहान त्रिशूलीमा बेपत्ता भएका दुई बसका ६५ यात्रुमध्ये २३ जनाको शव भेटिएको छ।

घटनाको ठ्याक्कै एक साता बित्दा अहिलेसम्म नेपाली सुरक्षाकर्मी र उद्धारमा खटिएकाहरूले बस दुर्घटनामा परेको स्थानमा कसैलाई पनि भेट्टाउन नसकेका हुन् । अहिलेसम्म भेटिएका शवहरू अधिकांश घटनास्थलबाट कम्तीमा ४० देखि ६० किलोमिटर तल नारायणी नदीक्षेत्रमा भेटिएका हुन् ।

शुक्रबार मात्रै नारायणीले बगाएर लगेका दुईवटा शव भारतीय क्षेत्रमा भेटिएका छन् । बस दुर्घटनापछि बेपत्तामध्ये दुई यात्रुको शव भारतको चम्पारण नागाहास्थित नारायणी नदीमा भेटिएका हुन् । ती शवलाई गण्डक ब्यारेजबाट पनि बगाएर नारायणीले भारततर्फ पुर्‍याएको हो ।

ती शवलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले बिहीबार भेट्टाएको हो । एसएसपीले भेट्टाका दुवै शवलाई नेपालस्थित सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बलको ‘बोर्डर आउट पोष्ट’ (बीओपी) त्रिवेणीको टोली, नेपाल प्रहरी र जनप्रतिनिधिको रोहबरमा नेपाल ल्याइएको छ ।

प्रतिकृया