• 9:23 am

पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न विप्लवको माग

प्रकाशित मिति

२०८१ असार १५ गते, शनिबार ०५:५६

असार १५, २०८१ काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्व. पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् । शनिबार काठमाडौंमा पुष्पलाल जन्मशताब्दी समारोहमा उनले यस्तो माग गरेका हुन् ।

पुष्पलाल नेपालको राजनीतिक राष्ट्रिय विभूति हुन् भन्नेमा कम्युनिस्ट सबै सहमत रहेको उनले उल्लेख गरे । उनले मार्क्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिस्ट पार्टीको जन्म भएको बताए ।

“…पुष्पलाल नेपालको एउटा राजनीतिक विभूति हो भन्नेमा हामी सबै सहमत भएका छौँ । पुष्पलाललाई राष्ट्रिय विभूति भन्नु उचित हुन्छ भन्नेमा हाम्रो पार्टीको समर्थन छ,” उनले भने ।

उनले सामन्तवाद र साम्राज्यवादी शक्तिविरुद्धको संघर्षमा पुष्पलालले आफ्नो जीवन व्यतीत गरेको उल्लेख गरे । “…यो दुईवटा संघर्षमा पुष्पलालले आजीवन निरन्तर नेपाली जनताको पक्षमा योगदान दिनुभएको छ,” उनले भने, “वैचारिक संघर्षमा पुष्पलालले विभिन्न थरी विसर्जनवादको विरुद्धमा झन्डा उठाउनुभएको छ र लड्नुभएको छ ।”

कम्युनिस्टलाई अहिले पनि घेराबन्दी रहेको उनको भनाइ थियो ।

प्रतिकृया