• 7:32 pm

यी स्थानमा भइरहेको छ भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति

२०८१ असार १२ गते, बुधबार ०८:१९

असार १२, २०८१ काठमाडौँ: पूर्वी नेपालमा बिहानैदेखि भारी वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा मोरङ, सिराहाको दोधना, उदयपुरको सुन्दरपुर र झापाको केचनास्थित वर्षामापन केन्द्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार यी क्षेत्रमा थप वर्षा हुनसक्ने सम्भावना छ । त्यसैले ती जिल्ला भएर बग्ने नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले दिउँसोसम्म सतर्कता अपनाउनु पर्नेछ ।

विभागले दूधकोसी नदी रबुवाबजार बाढीमापन केन्द्र, ओखलढुङगामा जलसतह सतर्कता तह आसपास पुगेको छ । जलसतह बढ्ने क्रममा रहेकाले दूधकोसीको सुनकोसी दोभानसम्मको नदी तटीय क्षेत्रमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।

लमजुङको खुदी बजार आसपासको क्षेत्रमा भारी वर्षामापन भएको छ । खुदी खोलालगायत उक्त क्षेत्र भएर बग्ने नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम छ ।

त्यसैले कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको अनुरोध छ ।

विभागका अनुसार वाग्मती, कोसी, गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित बिहानैदेखि हल्कादेखि वर्षा भइरहेको छ ।

आज कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिकृया