भक्तपुर नगरपालिकाले ल्यायो २ अर्ब ६६ करोडको बजेट
प्रकाशित मिति
२०८१ असार ११ गते, मंगलवार ११:३४

असार ११, २०८१ काठमाडौँ : आगामी आर्थिक वर्षका लागि भक्तपुर नगरपालिका २ अर्ब ६६ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको १६ औं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८१–०८२ का लागि २ अर्ब ६६ करोड ४३ लाखको बजेट ल्याइएको जानकारी गराएकी हुन् ।
नगरपालिकाले चालु खर्चका लागि कुल बजेटको ५८.९३ प्रतिशत अर्थात् १ अर्ब ५७ करोड ३ लाख १० हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, पुँजीगत खर्चका लागि ९९ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख जोशीले जानकारी दिइन् । पुँजीगत खर्चका लागि नगरले विनियोजन गरेको रकम भक्तपुरको कुल बजेटको ३७.३० प्रतिशत हो । साथै, वित्तीय व्यवस्थातर्फ १० करोड ५० लाख अर्थात् ३.७५ प्रतिशत विनियोजन गरेको छ ।
नगरपालिकाले शिक्षा क्षेत्रको लागि ५४ करोड, स्वास्थ्य क्षेत्रको लागि १३ करोड ३० लाख, सम्पदा पुनःनिर्माण र सांस्कृतिक संरक्षणको लागि १० करोड ७९ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, कृषि क्षेत्रको लागि ५ करोड २० लाख, वातावरण तथा सरसफाइको क्षेत्रमा १९ करोड ६५ लाख, पर्यटन प्रबद्र्धनमा ६ करोड ९५ लाख रुपैयाँ छुट्याइएको जोशीले बताइन् ।
भौतिक पूर्वाधारतर्फ नगरपालिकाले ५७ करोड २१ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, खेलकुद तर्फ ४ करोड ५५ लाख, युवा तथा महिला लक्षित कार्यक्रमका लागि ४ करोड ३० लाख, सामाजिक सुरक्षातर्फ ४० करोड ५० लाख र विविध योजना तथा कार्यक्रमहरुका लागि ५ करोड ८५ लाख बजेट विनियोजन गरिएको छ ।
सम्पदा पुनःनिर्माण र सास्कृतिक संरक्षणको लागि १० करोड ७९ लाख बजेट सार्वजनिक भएको छ । सम्पदा र संस्कृति संरक्षणतर्फ भनपा वडा नं. ३ स्थित र लाय्कु पाहाँ छेँ मौलिक शैलीमा पुनःनिर्माणका लागि ३ करोड ९० लाख र इन्द्रायणी द्यो छे“को लागि ८० लाख, वडा नं. ४ मा रहेको लक्ष्मीनरसिंह मन्दिरको लागि ८० लाख, हाडा छे“को लागि ६० लाख र वडा नं. ६ मा रहेको छुमा गणेश द्यो छे“को लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।
कृषि क्षेत्रको लागि ५ करोड २० लाख, वातावरण तथा सरसफाइको क्षेत्रमा १९ करोड ६५ लाख, पर्यटन प्रबद्र्धनमा ६ करोड ९५ लाख रुपैया राखिएको छ ।कृषि क्षेत्रतर्फ कृषि उत्पादनहरुको भण्डारण एवं बजारीकरणका लागि वडा नं. ८ लिवालीमा शीत भण्डारका लागि ३ करोड १० लाख र वडा नं. ५ मा तरकारी बजार निर्माण सम्पन्न गर्नको लागि ३० लाख र किसान, मजदुर, डकर्मी, सिकर्मीलगायतका पेशाकर्मीहरुको सूचिकरण गरी परिचय पत्र वितरणको व्यवस्था गर्ने तथा कृषि ऋणको लागि रु १ करोड बजेट विनियोजन गरिएको छ ।
पर्यटन प्रवद्र्धनतर्फ आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय साँस्कृतिक अग्रजहरु, पर्यटन व्यवसायीहरु, स्थानीय उत्पादनकर्ताहरु तथा सरोकारवालाहरुको उपस्थितिमा सन्ध्याकालीन साँस्कृतिक पदयात्रा सञ्चालन गर्न तथा निश्चित ठाउँमा नियमित साँस्कृतिक प्रदर्शनी गर्ने व्यवस्था मिलाइने र आगामी आ.व. को उपयुक्त समयमा भक्तपुुर महोत्सव गर्न आवश्यक बजेटको विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
वातावरण सुधार तथा फोहोरमैला व्यवस्थानतर्पm १ करोड ३५ लाख र हनुमन्ते खोला तथा खासाङखुसुङ खोला सुधार तथा खोलामा रिटेनिङ वाल निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन रु.१ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । भौतिक पूर्वाधार निर्माणतर्फ नगरको गौरवको योजनाको रुपमा रहेको भनपा वडा नं ६ स्थित देकोचामा निर्माणाधीन अरनिको सभाभवन निर्माणको लागि आगामी आ.व.को लागि १८ करोड, वडा नं ७ मा रहेको महेश्वरी खेल मैदानलाई स्तरिकृत गर्न तथा वडा नं. २ मा रहेको शहिद स्मृति खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी भनपा वडा नं. ५ मा व्यवस्थित पार्किङ निर्माण गरी सञ्चालनमा ल्याउन र नगरका विभिन्न ठाउ“मा पार्किङको व्यवस्था गर्न रु. १ करोड, भनपाद्वारा सञ्चालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजनाका बाँकी भौतिक संरचना निर्माणलाई तीव्रता दिन तथा जग्गा धनी र मोहीहरूको जग्गा फिर्ता लगायतका जग्गा प्रशासनका कार्यहरु अगाडि बढाउन १८ करोड र ख्वप टेलिभिजन सञ्चालनका लागि आवश्यक जनशक्ति तथा पूर्वाधार निर्माणका लागि रु. १ करोड बजेट विनियोजन गरेको छ ।
जेष्ठ नागरिकहरुको सेवाको निम्ति वडा नं. ६ मा निर्मित आदर निकेतन दिवा सेवा सञ्चालन गर्न आवश्यक जनशक्तिसहितका लागि रु. ५० लाख विनियोजन गरिएको छ । विविध योजना तथा कार्यक्रमहरुअन्तर्गत पर्ति तथा सार्वजनिक जग्गा संरक्षणका लागि रु. ३० लाख र नगरपालिकालाई आवश्यक जग्गा खरिदका लागि ५ करोड र जग्गा तथा घरभाडाका लागि ५५ लाख बजेट विनियोजन गरेको छ ।
प्रतिकृया