• 5:17 pm

शेयर बजारमा ५.३७ अंकले गिरावट, नेप्से २०६२ बिन्दुमा झर्यो

प्रकाशित मिति

२०८१ असार ९ गते, आईतवार ०४:००

असार ९, २०८१ काठमाडौँ: साताको पहिलो दिन आइतबार पनि सेयर बजारको गिरावटले निरन्तरता पाएको छ । बजार ५.३७ अंकले घटेर २०६२।९४ विन्दुमा बन्द भएको हो । घट्दो बजारमा न्यून पुँजी भएका फाइनान्स कम्पनीको सेयर मूल्य उकालो लागेको छ ।

नेप्से परिसूचक घटेपनि घाटामा रहेका फाइनान्स कम्पनीहरुको सेयर मूल्य समेत कारोबारीहरुले उच्च वृद्धि गरेका छन् । यसले नव लगानीकर्तालाई जोखिम समेत बढाएको छ । कतिपय कम्पनीको बैशाख मसान्तसम्ममा खुद नाफा ऋणात्मक भएपछि कम पुँजी भएका धेरै फाइनान्सको सेयर मूल्यमा निरन्तर सर्किट लागाएर वृद्धि गरिएको छ ।

आइतबार सेयर कारोबारमा आएका ३१७ मध्ये १०१ कम्पनीको मूल्य वृद्धि भएको छ भने १९७ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको मूल्य स्थीर रहेको छ । दिनभरिमा ३१७ कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन बिहीबार ३ अर्ब ८७ करोड ७ लाखको कारोबार भएकोमा आज कारोबार रकम ५० करोड ३८ लाख रुपैयाँले बढेको हो ।

पोखरा फाइनान्सको आज सबैभन्दा धेरै १७ करोड १३ लाख ५२ हजार रुपैयाँको २ लाख ६५ हजार ३४७ कित्ता सेयर खरिद बिक्री भएको छ । यस्तै नेपाल फाइनान्सको १३ करोड ५८ लाख रुपैयाँ र सबैभन्दा धेरै ३ लाख ९ हजार ४४३ कित्ता सेयर कारोबार भएको रिलायन्स फाइनान्सको १३ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिकृया