• 7:41 am

आईजीपी परिवर्तनको कुरा हल्लामात्रै : प्रचण्ड

प्रकाशित मिति

२०८१ असार ३ गते, सोमबार ०७:०८

असार ३, २०८१ चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले आईजीपी परिवर्तन हुने कुरा हल्लामात्र भएको बताएका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले प्रहरी महानिरीक्षक परिवर्तन नहुने प्रष्टीकरण दिए ।

प्रचण्डले भने, ‘मैले अस्तिको दिनमात्रै तीनैजना आईजीपीहरूलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईँहरू ढुक्कसँग काम गर्नुस् भनिसकेको छु । त्यही गतिमा उहाँहरूले काम गर्नुभएको छ । यो हल्लामात्रै हो ।’

सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको प्रधानमन्त्रीको जिकिर छ । प्रचण्डले सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको पनि सुनाए ।

प्रतिकृया