• 8:58 am

नेप्सेमा ४.५९ अंकको गिरावट, ५ अर्ब १८ करोडको कारोबार

प्रकाशित मिति

२०८१ जेष्ठ २७ गते, आईतवार ०३:५७

जेठ २७, २०८१ काठमाडौँ: सेयर बजारमा निरन्तर गिरावट आएको छ। आइतबार नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ को विन्दुमा रोकिएको छ ।

होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन र अन्य बाहेकका उपसमूहले बजार घटाएका हुन् ।

ट्रेडिङ समूहको सूचक सर्वाधिक १.५४ प्रतिशतले घटेको छ । कारोबारमा आएका ३१३ मध्ये १४७ कम्पनीको सेयर भाउ घटेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

९७ कम्पनीको सेयरको भाउ बढेको छ। होटल तथा पर्यटन समूहको सूचक सर्वाधिक २.९२ प्रतिशतले बढेको छ। ९७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । घटेको बजारमा ४ कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ। इस्टर्न हाइड्रोपावर, शुभम् पावर, सिटी होटल र कुथेली बुखारी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका हुन् ।

५ अर्ब १८ करोड ९० लाख रुपैयाँको सेयर किनबेच भएकामा सर्वाधिक एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ३२ करोड ३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिकृया