• २ असार २०८१, शनिबार
  • 2:49 am

कुमारी बैंक र USAID Trade and Competitiveness बीच सम्झौता

प्रकाशित मिति

२५ जेष्ठ २०८१, शुक्रबार १७:१३

जेठ २५, २०८१ काठमाडौँ: कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसाय (MSMEs) वित्तीय साक्षरता कार्यक्रमका लागि ग्क्ब्क्ष्म् सँग सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत USAID Trade and Competitiveness ले बैंकलाई नेपालभरका MSMEs माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ । बैंकले यस कार्यक्रम मार्फत १०,००० नयाँ MSMEs लाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन बित्तिय सहयोग गर्ने छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा गर्दै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिकृया