• 11:48 pm

छोराको न्वारणमा १५ लाखको बीमा

प्रकाशित मिति

२०८१ जेष्ठ २२ गते, मंगलवार ०३:१६

जेठ २२, २०८१ उदयपुर : आमा बुबाको लागि आफ्ना सन्तान प्राण भन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्ज्वल भविष्यको चाहाना सदैव आमा बुबाले राखेका हुन्छन् । सोहि इच्छा अनुरुप चौदण्डीगढी – १० उदयपुर निवासी गाईघाट शाखाका एजेन्सी म्यानेजर सन्तोष परीयारले आफ्नो छोरा सक्षम परीयारकोे न्वारणको उपलक्ष्यमा सूर्यज्योति नौलो बाल जीवन बीमा योजना लिएका छन् ।

उक्त बीमा योजना कम्पनीको गाईघाट शाखाबाट जारी गरीएको हो । सूर्यज्योति नौलो बाल जीवन बीमा योजना अन्तर्गत बच्चा र प्रस्तावक दुवैको जोखिम बहन हुनुका साथै बीमा अवधि समाप्तिमा बीमाङ्क रकम र बोनस भुक्तानीको सुविधाका साथै ३५ घातक रोग विरुद्धको आर्थिक सुरक्षाको लाभहरु रहेका छन् ।

उक्त बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गर्ने र सो पश्चात पाउने रकम छोराको उच्च शिक्षामा सहयोग हुने भएकोले दोहोरो सुरक्षाको महसुस गरेको कुरा बुबा सन्तोस परीयारले जानकारी गराउनु भयो ।

प्रतिकृया