• २ असार २०८१, शनिबार
  • 1:04 am

भारतमा आज चुनावको परिणाम सार्वजनिक हुँदै

प्रकाशित मिति

२२ जेष्ठ २०८१, मंगलवार १०:३३

जेठ २२, २०८१ नयाँ दिल्ली : भारतमा ६ हप्ता लामो समय भएको लोकसभा निर्वाचनको परिणाम आज मंगलबार सार्वजनिक हुँदैछ । ५४२ लोकसभा निर्वाचनको मतगणना आज बिहान ८ बजेबाट सुरु भएको छ । सूरतको एउटा निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टी(भाजपा)का उमेदवार यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

सबैभन्दा पहिला पोस्टल मतपत्रको गणना सुरु गरी त्यसको आधा घण्टामा इबियम (इलेक्ट्रोनिक मतगणना मेसिन)मा रहेका मतपत्रको गणना गरिनेछ । यदि कुनै मतदान केन्द्रको ब्यालेट पेपर नभए सीधै इबीएमका मतको गणना गरिने जनाइएको छ ।

भारतका मुख्य चुनाव आयुक्त राजीव कुमारले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी १९ अप्रिलदेखि १ जुन सम्म विभिन्न सात चरणमा भएको मतदानका क्रममा कूल ९६ दशमलब ८ करोड मतदाता मध्ये ६४ दशमलब २ करोडले मतदाताको अधिकार प्रयोग गरेको जनाएका छन् । सो मतदानमा ३१ दशमलब २ करोड महिला मध्ये औसतमा ५८ दशमलब ५८ प्रतिशतले मतदान गरेको आयोगको तथ्यांक छ ।

Global Ime bank
निर्वाचनमा १ दशमलब ५ करोड सुरक्षाकर्मी सामेल भएको र ६८ हजार मानिसको निगरानी टोली बनाइएको थियो ।

आजको मतगणना सकिएपछि भारतको भावी प्रधानमन्त्री को हुने भन्ने कुराको टुंगो लाग्नेछ । यसअघि गरिएका एक्जिट पोलमा नरेन्द्र मोदी नै तेस्रो कार्यकाल प्रधानमन्त्री हुने पूर्वानुमान गरिएको छ । यद्यपि विपक्षी गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसले एक्जिट पोल अस्वीकार गर्दै आएको छ । (बीबीसी)

प्रतिकृया