• 6:06 pm

प्रसाद २ फिल्मको निर्देशक सुदर्शन थापा पक्राउ

प्रकाशित मिति

२०८१ जेष्ठ २१ गते, सोमबार ०३:४३

जेठ २१, २०८१ काठमाडौँ: फिल्म निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेका छन् । सोमबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले पुष्टि गरेको छ ।

थापाले निर्देशन गरेको फिल्म ‘प्रसाद २’ को विवादमा उनी पक्राउ परेका हुन् । सो फिल्मको निर्माता पक्षले निर्देशक थापामाथि आपराधि ठगी तथा विश्वासघातको आरोपमा उजुरी दिएको थियो । निर्माता पक्षको सहमति नलिई सो फिल्म प्रदर्शन गरेको थापामाथि आरोप छ ।

प्रतिकृया