हिमाली जिल्लामा छुट्टै आर्थिक वर्ष बनाऔं: प्रमुख सचेतक शाही
प्रकाशित मिति
२०८१ जेष्ठ २१ गते, सोमबार ०१:२९
जेठ २१, २०८१ काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले हिमाली जिल्लाका लागि छुट्टै आर्थिक वर्ष बनाउनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आव २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै प्रमुख सचेतक शाहीले हिमाली जिल्लाका लागि छुट्टै आर्थिक वर्ष बनाउनुपर्ने बताएका हुन्।
उनले असारबाट आर्थिक वर्ष सुरु हुँदा असोजमा पैसा पुग्ने र कार्तिकदेखि नै हिउँका कारण काम गर्न नसक्ने अवस्था आउने गरेको बताए । उनले चैत मसान्तसम्म हिउँका कारण काम गर्न नसक्दा बाँकी रहेको दुई महिनामा मात्रै काम हुने गरेको र सबै पैसा फिर्ता हुने गरेको बताए ।
हिमाली जिल्लाको छुट्टै आर्थिक वर्ष बनाएमा मात्रै काम हुनसक्ने सांसद शाहीकाे दाबी छ । उनले सार्वजनिक पद धारण गरेकाहरुले अनिवार्य रूपमा नेपालमा उत्पादन गरेको कपडा लगाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।
उनले कर्णाली राजमार्गको बजेट सरकारले अपचलन भएमा आफू संसद बैठकमा उभिने चेतावनीसमेत दिए ।
प्रतिकृया