गुल्मीमा जिप दुर्घटना : एकजनाको मृत्यु, सात घाइते
प्रकाशित मिति
२०८१ जेष्ठ २१ गते, सोमबार १२:५२
जेठ २१, २०८१ गुल्मी : गुल्मीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सत्यवती गाउँपालिका–८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।
उनका अनुसार जिप आफैँ अनियन्त्रित भई सडकदेखि चार सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए। उनका अनुसार घाइते सबैलाई उपचारका लागि पाल्पा पठाइएको छ ।
Related
Recent News
- एनआरएन नेपाली नागरिकताको कार्यान्वयन संविधानतः हुन्छ : पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा
- नेप्से ५.०८ अकंले बढ्यो, ६ अर्ब १९ करोडको कारोबार
- पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
- सन्दीपलाई एक खेलमा प्रतिबन्ध, क्यानले सोध्यो स्पष्टीकरण
- रविसहितलाई धरौटीमा छाड्ने आदेश गर्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश
- खानेपानी मन्त्री यादवसँग हर्क साम्पाङको भेटवार्ता
- केपी ओली हिटलरभन्दा पनि तानाशाही र पापी देखिएः दलित अभियन्ता सुनार
- कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ बिच सम्झौता
- प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा ‘सगरमाथा संवाद’ को घोषणा हुदै
प्रतिकृया