बजेटपछि ओरालो लागेको सेयर बजार १३.५१ अंकले बढ्यो, ४ अर्ब ३१ करोडको कारोबार
प्रकाशित मिति
२०८१ जेष्ठ २० गते, आईतवार ०४:४०
जेठ २०, २०८१ काठमाडौँ: सेयर बजार परिसूचक १३.५१ अंकले वृद्धि भएको छ। बजेटपछि ओरालो लागेको नेप्से परिसूचक आइतबार बढेर २०८३.०४ विन्दुमा पुगेको हो।
इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड बाहेकका उपसमूहले बजार बढाएका हुन्। ट्रेडिङ उपसमूहको सूचक सर्वाधिक ६.५६ प्रतिशतले बढेको छ। फाइनान्स उपसमूहको सूचक २.१७ र बैंकिङ उपसमूहको सूचक १.११ प्रतिशतले बढेको छ।
कारोबारमा आएका ३२५ मध्ये १७४ कम्पनीका लगानीकर्ताले कमाएका छन्। २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। मल्टिपर्पोज फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका हुन्।
६१ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। नारायणी विकास बैंकको सेयर भाउ सर्वाधिक ९.१३ प्रतिशतले घटेको छ।
४ अर्ब ३१ करोड १० लाख रुपैयाँको कारोबार हुँदा नेपाल फाइनान्सको सर्वाधिक २२ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
प्रतिकृया