• २ असार २०८१, शनिबार
  • 2:06 am

वातावरण दिवसको अवसरमा तेस्रो सांग्रिला साइकल -याली सम्पन्न

प्रकाशित मिति

२० जेष्ठ २०८१, आईतवार ११:२७

जेठ २०, २०८१ काठमाडौँ: विश्व वातावरण दिवसका अवसरमा आज मिति २०८१ जेष्ठ १९ गते शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बंैक लि. ले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बंैकर्स एशोसिएसन नेपाल, बि वाइ डी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा वढी संघ संस्थाहरुसँगको सहकार्यमा साइकल ¥याली सम्पन्न गरेको छ । बंैकका संचालक श्रीमती लिसा शेरचनबाट साइकल -यालीमा सहभागीहरुलाई वातावरण संरक्षणका सन्दर्भमा सर्वसाधरणको दायित्व विषयमा संवोधन गरिए पश्चात साइकल -यालीको शुरुवात गरिएको थियो ।

बिहान ७ः४५ बजे देखी सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार पुल कोरिडोर बाटो हुँदै सेतोेपुल, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगेर करिब १० कि. मि. को दुरीको यात्रा सम्पन्न भएको थियो । उक्त साइकल -यालीमा बैंकका संचालक, कर्मचारी, ग्राहकवर्ग, शेयरधनी, प्रवद्र्वक, प्रायोजक एवं यस बंैक प्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक महानुभावहरु बाक्लो उपस्थिती रहेको थियो । वि.सं २०७९ सालमा १५० जना सहभागीहरुबाट शुरु भएको साइकल ¥याली यस तेस्रो संस्करण साइकल ¥यालीसम्म आइपुग्दा १५०० जना भन्दा वढीको सहभागिताका साथ सम्पन्न भएको छ ।

यस साइकल -यालीमा सांग्रिला डेभलपमेन्ट बंैक लि ले वातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रण तथा वातावरण संरक्षणमा टेवा पु¥याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ “क्बखभ ँगभ,ि क्बखभ भ्लखष्चयलmभलत ” भन्ने नारा लिएर अगाडि बढेको यस किसिमका कार्यक्रमहरुलाई बंैकले निरन्तरता दिदंै जाने जानकारी गराइन्छ ।

सो साइकल -यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट प्रदान गरिनुका साथै विभिन्न संस्थाहरुका तर्फबाट उपलब्ध गराइएको उपहारहरु गोलाप्रथा मार्फत उपलब्ध गराउनुका साथै साइकल -यालीमा सहभागी हुनुभएका एक जना भाग्यसाली सहभागी भक्तपुर निवासी श्री रविन रचालिका लाई लक्की ड्रबाट उपहार स्वरुप एउटा साइकल समेत प्रदान गरिएको थियो ।

साइलक -यालीकै दिन पारेर बैंकले ग्रिन सेभिङ्ग सम्वन्धि प्रोडक्ट समेत लन्च गरेकोछ । यस किसिमको प्रोडक्टमा जति खाता खोलिन्छ सोही संख्यामा बैंकले वृक्षारोपण गर्ने विशेषता उक्त प्रोडक्ट पेपरको रहेको व्यहोरा समेत जानकारी गराइन्छ ।

उक्त साइकल -यालीमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ वातावरण दिवसको अवसरमा गरिएको यस साइकल -यालीमा भएको सहभागीहरुको उत्साहपूर्वक सहभागीताका लागि धन्यवाद ज्ञापन गर्दैै साइकल ¥याली समापन गरिएको थियो ।

प्रतिकृया